काठमाडौं—तराई जोडन फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई
काठमाडौँ । सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई छ । मन्त्रिपरिषद् बैठकले दिने निर्णय गरेको बजेट सरकारले दिने र निर्माणको व्यवस्थापकीय काम सेनाले गर्ने निर्णय गरेको हो ।
दु्रतमार्गको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको हो । ‘सरकार आफैंले निर्माण गर्ने कुरा पहिले नै भइसकेकाले सेनाको व्यवस्थापनमा सरकारले बनाउने हो,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भन्नुभयो। सेनाले अब निर्माणका लागि समय तालिकासहितको क्यालेन्डर आगामी दुई साताभित्र मन्त्रिपरिषदमा पेस गर्नुपर्नेछ । उक्त क्यालेन्डर स्वीकृत भएपछिको ४ वर्षमा सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । निर्माणको जिम्मेवारी र अनुगमन तथा मूल्यांकनका लागि मन्त्रिपरिषद्ले दुई समिति बनाउने भएको छ ।
वैशाख २२ गते ।