युवा, वृद्धवृद्धा र कलाकारको एउटै मत, महानगरमा विद्याको भारी मत

दिपु पोख्रेलबाट— काठमाडौँ । बुधबार विहान करिब आठ बजेतिर काठमाडौं महानगरपालिकाको वाड नम्बर–३ मा रहेको चक्रपथ पुग्दा ८५ वर्षीय रोमनाथ ज्ञवाली आफ्नै निवासमा राजनीतिक तर्क–वितर्कमा व्यस्त हुनहुन्थ्यो । काठमाडौँ महानगपालिकाकै मतदाता ज्ञवालीसँग ‘यो पटक भोट कसलाई हाल्नुहुन्छ’ भन्ने प्रश्न गर्न नभ्याउँदै उहाँले एमाले बाहेक अरु कसैलाई सोच्न नसक्ने जवाफ फर्काउनु भयो । राष्ट्रियताका पक्षमा खुलेर अडान लिएको एमालेप्रति जीवनको उत्तरार्धमा पनि निकै विश्वास भएको उहाँले कुराकानीका शीलशिलामा बताउन भ्याउनुभयो । ‘वृद्धभत्ता दिने पार्टी एमाले हो,’ उहाँले गर्वका साथ भन्नुभयो, ‘त्यसैले म मात्र होइन सबै वृद्धवृद्धाको पार्टी भनेको एमाले मात्रै हो ।’ उहाँले वुढेसकालको साहरा पनि एमाले मात्रै भएको दाबी गर्नुभयो । ‘मनमोहन अधिकारीले सुरु गरेको वृद्धाभत्ता यसपटक केपी ओली सरकारले हजार पुर्याएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले एमालेले काठमाडौँको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाएको जानकारी पाएको छु । उहाँले मेयर जितेपछि वृद्धभत्ता अरु थप तीन हजारसहित पाँच हजार पुर्याउने पनि मैले सुनेको छु । त्यसैले मैले यो पटक भोट हाल्ने पार्टी एमाले बाहेक कोही पनि देखेको छैन ।’
काठमाडौँ कपुरधाराका ज्ञानु माया डंगोलको भनाई पनि ज्ञवालीसँगै मिल्दोजुल्दो छ । ‘वृद्धवृद्धाको आशाको केन्द्र भनेको नै एमाले हो,’ ६५ वर्षीया डंगोलले भन्नुभयो, ‘एमालेले जित्नु भनेको सबै वृद्धवृद्धाले जित्नु हो । यो पटक महानगरको मेयर उहाँले जित्नुभयो भने वृद्धभत्ता ५ हजार पुर्याउने भन्ने सुनेकी छु । त्यसैले म एमालेलाई नै भोट दिन्छु । म मात्र होइन मैले चिनेका धेरै वृद्धवृद्धा पनि एमालेलाई नै भोट दिने पक्षमा हुनुहुन्छ । उहाँहरुले पनि विद्यासुन्दर शाक्यलाई नै भोट दिने भन्नुभएको छ ।’
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा वीइ पहिलो सेमेस्टरमा अध्ययनरत २० वर्षीया सोफिया शर्माले पनि यो पटक एमालेलाई नै भोट हाल्ने बताउनुभयो । पहिलो पटक भोट हाल्ने तयारीमा रहनु भएकी ज्ञवालीले मतदानको दिन उत्सुकताका पूर्वक प्रतिक्षा गरिरहेको बताउनुभयो । उहाँले एमाले युवाहरुको पार्टी भएको भन्दै धेरै युवाको साथ एमालेमै रहेको बताउनुभयो । ‘सार्बजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था गर्ने पार्टी पनि एमाले नै हो,’ उहाँले भन्नुभयो, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ‘शैक्षिक लोन’को व्यवस्था पनि एमालेले नै गरेको हो । त्यसैले म एमालेको पक्षमा छु ।’ आर.आर क्याम्पसमा स्नातकतह प्रथम वर्षमा अध्यनरत पुष्प बस्नेतको धारणा पनि शर्मासँगै मिल्दो छ । भृकुटीमण्डपमा भेटिएकी रमिता घलेले आफू पहिलो पटक मतदानमा सहभागी हुन लागेको भन्दै यो पटक एमालेलाई नै भोट हाल्ने बताउनुभयो ।
राष्ट्रियरुपमा ख्याति कमाएका कलाकारहरु समेत अहिले एमालेको पक्षमा खुलेरै लागेका छन् । महानायक राजेश हमाल, वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, रवी डंगोल, गायक बद्री पंगेनीलगायतले पनि खुलेरै एमालेको पक्षमा मतदान गर्ने बताउनुभएको छ । ‘विद्यासुन्दरले जित्ने निश्चित जस्तै भएको छ,’ कलाकार मनोज गजुरेलले भन्नुभयो, ‘मेयर भएपछि पार्टीभन्दा माथि उठेर काम गर्नुहोला मेरो शुभकामना ।’
उहाँले काठमाडौँ महानगपालिकाको मेयर दोस्रो प्रधानमन्त्री भएको भन्दै अन्य उम्मेदवार भन्दा विद्यासुन्दर योग्य र सक्षम भएको दाबी गर्नुभयो । ‘महानगर चलाउने क्षमता शाक्यसँग छ,’ उहाँले भन्नुभयो ‘ यहाँको भुगोल, भाषा र संस्कृतिप्रति उहाँ जानकार हुनुहुन्छ । दुई पटक स्थानीय निर्वाचनमा वडा अध्यक्षमा भारी मतले विजयी भइसक्नु भएका उहाँसँग महानगरको विकास कसरी गर्न सकिन्छ भन्ने राम्रो ज्ञान छ ।’
यता रंगमञ्चको दुनियाँमा निकै चर्चा कमाउनु भएकी निशा शर्मा पोख्रेलले पनि यो पटक मेयरमा विद्यासुन्दरको विकल्प नभएको बताउनुभयो । ‘देश बनाउने योजना भएकाले जित्ने हो,’ उहाँले भन्नुभयो ‘त्यो योजना उहाँसँग छ । हामी उहाँलाई पूर्व मेयर केशव स्थापितको उत्तराधिकारीका रुपमा देख्न चाहन्छौँ ।’
काठमाडौँ महानगरपालिका–१५ निवासी चर्चित कलाकार रवि डंगोलले त अहिले शाक्यको पक्षमा खुलेरै टोलटोलमा प्रहशन प्रदर्शन गर्नुभएको छ । उहाँले पनि मेयरमा शाक्यले जित्ने निश्चित जस्तै भएको दाबी गर्नुभयो ।

बैशाख २८ गते ।