सर्वोत्तमकै कार्यकर्ताले भने–‘जोशी भन्दा विद्यासुन्दर उत्तम’
वैशाख २८ । ताहाचल घर भएका ६१ वर्षीय सर्वोत्तम डंगोल पुराना कम्युनिष्ट नेता हुन् । हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्जसमेत रहेका उनलाई माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा अघि बढाएपछि माओवादी वृत्तमा निकै खुशियाली छाएको थियो ।
तर, पार्टीमा योगदान गरेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै खुशीयाली व्यक्त गरिरहेका कार्यकर्ताको मुस्कान धेरै समय टिक्न सकेन । जब वर्तमान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डकै लागि डंगोल भन्दा आफ्नी छोरी रेणु प्यारी बनिन् अनि रातारात उम्मेदवारी फिर्ता गर्ने दवाव डंगोलमाथि पर्यो ।
जहानिया राणा शासनको झल्को दिनेगरी प्रचण्डले आफ्नी पुत्री रेणुलाई चितवन महानगरपालिकाको मेयर निर्वाचित गर्न उमेरको उत्र्तरार्धतिर पुगेका र विभिन्न रोगले समेत थलिएका निष्ठावान कार्यकर्ता डंगोललाई उम्मेदवारी नै फिर्ता लिनु पर्ने निर्मम डोजर प्रयोग गरे ।
मेयरको उम्मेदवार बन्ने र सकेसम्म जित्ने नभए राजनीतिमै अन्तिम इच्छा पूरा गर्ने डंगोलको सपना प्रचण्डले दिउँसै लुटेपछि डंगोलको मन त खल्लो भयो नै कार्यकर्तालाई पनि अमिलो चामल खाए जस्तो भयो । ‘प्रचण्ड कामरेडले सर्वोत्तम डंगोललाई उम्मेदवारी फिर्ता लिन पटक–पटक दवाव मात्र दिनुभएनन, निकै आश्वासन समेत बाँड्नुभयो,’ डंगोलका निकट एक माओवादी कार्यकर्ताले भावूक हुँदै भने, ‘उहाँले धेरै कुरा माग्नु भएको थिएन । तर, आफ्नी छोरीलाई मेयर बनाउने नाममा उहाँको योगदानलाई नै माटोमा मिलाउने हर्कत भएपछि व्याक हट्नु भएन ।’
उनका अनुसार अहिले डंगोल जहाँ–जहाँ घरदैलोमा पुगेका छन् । त्यहाँत्यहाँ उनले काँग्रेसका उम्मेदवारलाई कुनै पनि हालतमा भोट नदिन आग्रह गरेका छन् । उनले कम्युनिष्टका लागि कम्युनिष्ट नै नजिक हुने भन्दै काँग्रेसलाई नै भोट दिनुपर्ने नेतृत्वको निर्देशनलाई अस्वीकार गर्दै बरु एमालेका उम्मेदवारलाई भोट दिदाँ आफू खुशी हुने बताएका छन् । उनले आफ्ना असाध्यै निकटका नेता–कार्यकर्तासँग नेतृत्वले तालमेलको नाटक गरेर आफूलाई कमजोर बनाउन खोजेको भन्दै अन्तिमसम्म पनि नेतृत्वले आफूलाई दवाव दिए आफ्नो भोट समेत एमालेलाई दिनसक्ने चेतावनी समेत दिएका छन् । सर्वोत्तमको त्यो चेतावनीपछि माओवादीका समेत धेरै भोट एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यलाई आउनसक्ने अनुमान गरिएको छ ।
नेवारी समूदायमा राम्रो प्रभाव भएका डंगोललाई नजिकबाट चिन्नेहरुले समेत उनीमाथि अन्याय भएको भन्दै नेतृत्वसँग नझुक्न सुझाव दिएको बुझिएको छ । सर्वोत्तमका सयौँ कार्यकर्ता अहिले टोलटोलमा एमालेलाई भोट दिने मनस्थितिमा रहेको बुझिएको छ । उनीहरुले काँग्रेसका उम्मेदवार राजुराज जोशी भन्दा विद्यासुन्दर उत्तम भएको पनि चर्चा गर्ने गरेका छन् ।
तीर्थराम समूहको योजना जोशीलाई कट, विद्यासुन्दरलाई भोट फटाफट
वैशाख २८ । नेपाली कांग्रेसबाट काठमाडौ महानगरको मेयरमा तीर्थराम डंगोलले टिकट नपाएपछि उहाँको समूह नेकपा (एमाले) बाट मेयरका उम्मेदवार बनेका विद्यासुन्दर शाक्यलाई विजय गराउने अभियानमा भित्रि रुपमा लागेको बुझिएको छ ।
काँग्रेस संस्थापन पक्षका डंगोल महानगरका पुराना र रैथाने भएपनि नेतृत्वले उहाँलाई टिकट नदिएर अन्य व्यक्तिलाई दिएपछि उहाँका कार्यकता भड्किएका छन् । उनीहरुले अलोकप्रीय र पार्टीमा समेत राम्रो छवि नभएका राजुराज जोशीलाई टिकट दिएपछि बरु विद्यासुन्दरलाई जिताउने योजना बनाएका हुन् । ‘महानगरको नेतृत्व यहाँका आदिवासीले नै गर्ने हो,’ एक जना काँग्रेसका कार्यकर्ताले भने, ‘डंगोलले टिकट नपाएपछि हामी यहाँको कला–संस्कृति बुझेका व्यक्ति विद्यासुन्दरका पक्षमा छौँ । अहिले बारिह बन्न मिल्दैन । मतदान गोप्य हुन्छ । हाम्रो मतदान काँग्रेसका उम्मेदवारलाई नजाने निश्चित जस्तै छ ।’
त्यो त डंगोल निकटका कतिपय काँग्रेस कार्यकर्ता ‘जोशीलाई कट, विद्या सुन्दरलाई भोट फटाभट, विद्यासुन्दर हाईहाई जोशी बाईबाई’ जस्ता अभिव्यक्ति दिन थालेका छन् ।
अहिले कांग्रेसका उम्मेदवार राजुराज जोशीको चुनावी प्रचारप्रसार पनि डंगोलका कार्यकर्ता त्यति गएका छैनन । उनीहरु गोप्य रुपमा विद्यासुन्दरको पक्षमा चुनाव अभियानमा सहभागी भएका छन् ।
उनीहरु तीर्थमानले टिकट नपाएको झोकको वदला लिनका लागि एमालेका उम्मेदवार विद्यासुन्दरलाई मतदान दिने निर्णयमा पुगेको बुझिएको छ ।
काठमाडौँमा कांग्रेसमा स्थापित भइसकेका नेता डंगोल पक्षमा लागेका हजारौ कार्यकर्ता डोटीबाट बसाई–सराई आएका जोशीलाई हराउ अभियानमा लागेका छन् । टोलटोलमा जोशीविरुद्ध मोर्चावन्दी गदै डंगोल पक्षीय कार्यकर्ता लागेको चर्चा समेत व्यापक बनेको छ ।
काठमाडौमा प्रकाशमानसिंहको बलजफ्तीले जोशीले टिकट पाएको उनीहरुको गुनासो छ । ‘व्यक्तिले उठाएको व्यक्तिले काठमाडौ महानगर चलाउने हैसियत राख्दैन,’ एक कार्यकर्ताले मुखै खोलेर भने ।