रुससँग साँठगाँठ नभएको ट्रम्पको दावी

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र आफूबीच कुनै सम्बन्ध रहेको भन्ने खबरहरु पूर्ण असत्य भएको बताउनुभएको छ।
उहाँले सो सन्दर्भमा आफूबारे संघीय जाँच ब्यूरोले कुनै अनुसन्धान नगरेको बताउनुभयो।
एनबीसी न्यूजसंग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नै निर्णयबाट संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएको उल्लेख गर्नुभयो।
कोमीले गत वर्षको अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको तथा ट्रम्प अभियानका अधिकारी एवं मस्कोमाझ सम्भावित साँठगाँठका आरोपहरुबारे अनुसन्धानको नेतृत्व गरिरहेका थिए।
ट्रम्पले त्यस्तो कुनै पनि अनुसन्धानलाई बकवासको संज्ञा दिनुभएको छ।

वैशाख २९ गते ।