शेयर कारोवारमा सामान्य सुधार

maitrinews

काठमाडौं । यस साता शेयर कारेवारमा सामान्य सुधार देखिएको छ । सताभरको उतार चढावका वावजुद साताको अन्त्यमा बजरमा शुधारदेखिएको हो ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.६० अंकले बढेर अन्तिम दिन १६५८.५८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.८६ अंकले बढेर ३५३.७९ अंकमा आईपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २४४७१ कारोबारबाट दुई अर्ब ८० करोड ३६ लाख ४६ हजार रुपैयाँ बराबरका ४९ लाख ९४ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७.५७ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७७०६ कारोबारबाट तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (१७ करोड ६० लाख रुपैयाँ) को आधारमा नेपाल एसविआइ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ९७ हजार कित्ता) को आधारमा वल्र्ड मर्चेन्ट बंैकिङ्ग एण्ड फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२३३६ वटा) को आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
वैशाख २९ गते ।