अमेरिकाको कम्प्युटर प्रोगामकै प्रयोग गरी ९९ मुलुकमा साइबर आक्रमण

maitrinews

अमेरिका । संसारभर दर्जनौं मुलुकका कयौं संघसंस्थामाथि श्रृखंलावद्ध साइबर हमला भएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरुविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको बताइएको छ।
दर्जनौं मुलुकका कयौं कम्पनी तथा संघसंस्थाका कम्युटरहरुले भाइरसका कारण काम गर्न छाडेका छन्।
ह्याकरहरुले कम्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय डलर मागेका छन्।
कमजोरी
माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञहरुले बताएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीहरुविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो।
गत एप्रिलमा ुद स्याडो ब्रोकर्सु भन्ने समूहले उक्त कार्यक्रम चोरेका थिए।
पछि त्यो विकिलिक्समार्फत चुहाइएको थियो।
गत मार्चमा आफ्नो प्रणालीमा रहेको कमजोरी माइक्रोसफ्टले सच्याएको थियो तर अझै कतिपय प्रणाली नबदलिएको हुनसक्छ।
भाइरसले ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको विवरणहरु आएका छन्।
संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली र ताइवानसहितका मुलुकहरु त्यस्तो सूचीमा छन्।
वैशाख ३० गते ।