नेपाली सेनाको संरचनामा हेरफेर,पृतनाको संख्या आठ

काठमाडौँ । चुनावको मुखमा सरकारले नेपाली सेनाको संरचनागत् ढाँचामा केही हेरफेर गर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यका सहित हरेक प्रदेशमा रहने गरी पृतनाको संख्या आठ पुर्याउने निर्णय गरेको रक्षामन्त्री बालकृष्ण खांडले बताएका छन्।
अहिले हरेक विकास क्षेत्र र राजधानीमा गरी सेनाको छवटा पृतना रहेकोमा सरकारको निर्णयपछि त्यो संख्या आठ पुग्ने छ।
रक्षामन्त्री बालकृष्ण खांडले भने, ूसबै प्रदेशमा पृतना रहने गरी त्यस अनुसार वाहिनी, गण, गुल्म र अन्य प्राविधिक संरचनाभित्रका शाखा(महाशाखाको सांगठनिक स्वरुप बन्छ।ू
अहिलेसम्म पूर्वाञ्चलमा इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा काठमाण्डूमा गरी ६ वटा पृतना कार्यालय छन्।
नयाँ निर्णयपछि संघीय संरचना अनुसार दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतनाहरु थपिने छन्।

सबै प्रदेशमा सुरक्षा सन्तुलन मिलाउन उक्त निर्णय गरिएको नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतका अनुसार संविधान कार्यान्वयनको अंशकै रुपमा नेपाली सेनाले संशोधित पुनर्ढाँचा पेश गरे अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
नेपाली सेनाको अहिलेको करिव ९६ हजारको दरबन्दी भने बढ्ने छैन।
वैशाख ३० गते ।