नेकपा एमालेको समूह नै विजयी

 

नुवाकोट । मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा एमालेको समूह नै विजयी भएको छ । आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा सुनमाया तामाङ ८९, दलित महिला सदस्य पद्मकुमारी दमिनी ८६ तथा खुला सदस्यमा घोसे घले ८७ र पूर्णबहादुर तामाङ ९१ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेलाई ९०, नेकपा ९माओवादी केन्द्र०लाई ६१ र काँग्रेसलाई ४६ मत प्राप्त भएको छ । गाउँपालिकाको मतगणना जारी रहेकाले विजयी भएकाको नाम घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो ।