संविधान संशोधन प्रस्ताव फिर्ता लिई दोस्रो चरणको चुनावमा केन्द्रित हुन एमालेको आग्रह

 

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा
उपाध्यक्ष कमरेड वामदेव गौतमको निवास भैंसेपाटी ललितपुरमा बस्यो । २४औं मदन–स्मृति
दिवससमेत परेको सन्दर्भमा सुरुमै जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति बैठकले
उच्च सम्मानका साथ श्रद्धासमुन अर्पण गरेको छ । बैठकमा स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक
घटनाक्रमका बारेमा छलफल गरी विभिन्न निर्णयहरू गरिएको छ ।
बैठकले स्थानीय तहको पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते मतदान भई मतगणना जारी
छ । निवार्चनपछि फरक पहिचान र हैसियतसहित निर्माण भएका स्थानीय तहले विशेष अर्थ राख्दछन् । यस
निर्वाचनमा जनताको उत्साहजनक सहभागिताप्रति नेकपा (एमाले) खुशी व्यक्त गर्दछ । आफ्ना
प्रतिनिधिहरूको चयनका लागि मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिहरूद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नुका
साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको छ ।
निर्वाचनपूर्वदेखि नै सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई गलत ढंगले प्रभावित गर्न
अनेकखालका अराजनीतिक क्रियाकलापहरू हुँदै आएको सर्वविदितै छ । यसैक्रममा प्रहरी, प्रशासन र राज्यका
कतिपय निकायहरूलाई सरकारले दुरुपयोग गरेका घटनाप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ । खासगरी
सत्ताधारी गठबन्धनका कार्यकर्ताहरूको संलग्नतामा दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम,
नुवाकोट, मकवानपुर, रामेछापलगायतका जिल्लामा मूलतः सत्ताको आडमा भएका अपराधिक र अराजनीतिक
क्रियाकलापहरुको नेकपा (एमाले) घोर भत्र्सना गर्दछ । निर्वाचनको सिलसिलामा भएका यस्ता घटनाहरूको
छानविन गरी दोषीहरूउपर कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नसमेत माग गर्दछ । निर्वाचनको
क्रममा भएका यस्ता अपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता
उल्लंघन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिँदै आवश्यक कारबाही गर्न निर्वाचन आयोगको गम्भीर
ध्यानाकर्षण गर्दछ ।
यही सिलसिलामा विभिन्न ठाउँमा जीवन गुमाएका कलबहाद ु ुर तामाङ (दोलखा), नवराज पाठक
(काभ्रे) र धनबहादुर बटाला (कालिकोट) प्रति हाम्रो पार्टी श्रद्धाञ्जलि व्यक्त गर्दछ । उहाँहरूका परिवारलाई
उचित क्षतिपूर्ति दिन सरकारसमक्ष जोडदार माग गर्दछ र निर्वाचनकै सिलसिलामा घाइते श्याम दाहाल
(मकवानपुर) र दिलबहादुर बुढाथोकी (दोलखा) लगायतका घाइते हुनेहरू सबैको उपचारको व्यवस्था गर्न
सरकारसँग माग गर्दछ । र, उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
हाम्रो पार्टीलाई पराजित गर्न गरिएका अपबित्र गठबन्धनहरू, नेकपा (एमाले)बिरुद्धका घेराबन्दी,
षड्यन्त्र र देशव्यापी आक्रमणहरू, राज्यपक्षको व्यापक दुरुपयोगका बाबजूद धैर्य, संयम र जिम्मेवारीका साथ
लोकतन्त्रको सुदृढीकरण र नेकपा (एमाले)को विजयका लागि अहोरात्र क्रियाशील देशभरिका पार्टी सदस्य र
समर्थकहरूप्रति बैठक धन्यवाद ज्ञापन गर्दछ । र, यस्तो कठीन र चुनौतीको बीचमा पनि नेकपा (एमाले)को
विजयलाई सुनिश्चित गर्न आफ्नो अमूल्य मतदान गर्नुहुने आम जनसमुदाय र मतदाताहरूप्रति धन्यवाद
ज्ञापन गर्दछ ।
स्थानीय तहको संख्या सीमांकन र नामांकनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको
निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा हामी यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन
सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । निर्वाचनका सम्पूर्ण तयारीका कामहरु
अन्तिम चरणमा पुगिसकेको अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमांकन र
संख्यालाइ र्ह ेरफेर गर्ने कुरा नेकपा (एमाले)का लागि स्वीकार्य नहुने कुरा पुनः स्पष्ट गर्दछौं ।
नेपाली जनताको अथक प्रयत्न र नेकपा (एमाले)सहितका प्रमुख राजनीतिक दलहरुको सहमति र
नेतृत्वमा संविधान जारी भएको र यसै संविधानको कार्यान्वयन गर्दै नेपालमा राजनीतिक स्थायित्वमार्फत्
समृद्धि हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकताहो । यसै तथ्यलाई ध्यान दिँदै
सबैखालका चुनौतीहरुलाई सामूहिक ढंगले सामना गर्न र तोकिएको समयभित्र तीनवटै तहको निर्वाचन
सम्पन्न गरी नेपाल राष्ट्रलाई थप एकताबद्ध बनाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यान दिँदै हाम्रो पार्टी
सबै राजनीतिक दलहरुका बीच एकता, सहमति र सहकार्यको ऐतिहासिक आवश्यकता रहेको कुरामा जोड
दिन चाहन्छ ।
मित्र राष्ट्र चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट ः वान रोड’ (ओबीओआर) परियोजनामा
नेपालको सहभागितका लागि नेकपा (एमाले)को सरकारकै पालामा थालनी गरिएको प्रयाशकै निरन्तरताको
रुपमा दुई राष्ट्रबीच औपचारिक हिसाबले समझदारी पत्रमा हस्ताक्षर भएकोप्रति हाम्रो पार्टी खुशी व्यक्त
गर्दछ । यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय
समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास बैठकले व्यक्त गरेको छ ।
हाम्रो पार्टी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेस गरिएको औचित्यहीन
महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षहरुसँग माग गर्दछौ । साथै, बिनाऔचित्य अगाडि
बढाइएको संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न
गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक
समझदारी निर्माण गर्न सरकारसमक्ष माग गर्दछ ।
बैठकले अस्वस्थ भई उपचारको क्रममा रहनभएका क ु ेन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष कमरेड
केशव बडाल र पार्टी पोलिट्ब्युरो सदस्य अग्नि खरेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
जेठ ४ गते ।