इरानी राष्ट्रपति रुहानी दोस्रो कार्यकालका लागि चयन
तेहरान । निर्णायक जित हात पार्दै इरानका राष्ट्रपति हसन रुहानी चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन भएका छन्।
खसेको चार करोडभन्दा बढी मतमध्ये रुहानीले ५७ प्रतिशत अर्थात दुई करोड ३० लाख जति मत प्राप्त गरेका छन्।
इरानको पारमाणविक कार्यक्रमबारे विश्व शक्ति राष्ट्रहरुसँग सम्झौता गराएका रुहानीले योसँगै अर्को चरणको चुनावको सामना गर्न नपर्ने भएछ।
६८ वर्षीय रुहानी मध्यमार्गी र सुधारवादी नेताका रुपमा चिनिन्छन्।
अनियमितता
उनका प्रमुख प्रतिद्वन्द्वीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन्।
जेठ ७ गते ।