उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण

 

उत्तर कोरिया । उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ।
यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ।
उत्तर कोरियाले ठूलो युद्धशीर्ष बोक्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताएको एक हप्तापछि अर्को परीक्षण गरेको हो। गत सोमबारमात्रै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्योङयाङलाई थप क्षेप्यास्त्र परीक्षणहरु नगर्न भनेको थियो।
सुरक्षा परिषद्ले ूठोस कदममार्फत परमाणु अस्त्ररहित हुने इमानदार प्रतिबद्धताू उत्तर कोरियाले तत्काल देखाउनुपर्नेमा जोड दिएको थियो।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयलाई उद्धृत गर्दै त्यहाँको समाचार संस्था योन्हापले जनाए अनुसार आइतबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५०० किलोमिटर टाढासम्म पुगेको थियो।