थिमी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ विजयी

maitrinews

 

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ। १३ हजार ९६३ मतका साथ नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी अष्ट कवेलाइ हराउँदै उहाँ मेयर पदमा निर्वाचित हुनुभएको हो । फवेले १० हजार ८४६ मत प्राप्त गर्नुभयो ।

उपमेयरको पदमा काङ्ग्रेसकी अञ्जना मधिकर्मी विजयी हुनुभयो । ११ हजार ५३४ मत ल्याउँदै उहाँले नेमकिपाका केदार खड्कालाई १ हजार ७५९ मतअन्तरले हराउनुभयो ।