मध्यपूर्वमा शान्तिप्रति ट्रम्पको प्रतिबद्धता

maitrinews

इजरायल । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेली र प्यालेस्टिनीहरुलाई शान्ति प्राप्त गर्न मद्दत गर्न आफूले सबैथोक गर्ने बताएका छन्।महमुद अब्बाससंगको कुराकानीमा ती प्यालेस्टिनी नेताले आतंकवाद विरुद्ध लड्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकोमा आफू अनुग्रहित भएको उनले बताएका छन्।इजरेली र प्यालेस्टिनीहरु बीच तीन वर्षयता शान्ति वार्ता भएको छैन र ट्रम्पले त्यस्तो सहमति गराउनु एकदमै गाह्रो हुने स्वीकारेका छन्।गाजा र वेस्ट ब्याङ्कमा रहेका प्यालेस्टिनीहरुले ट्रम्पको यो भ्रमणको विरोध गरेका छन्। उनीहरुले इजरेलको जेलमा रहेका प्यालिस्टिनीहरुले गरिरहेको भोक हड्तालको समर्थनमा प्रदर्शन गरेका छन्।