काठमाडौँ महानगरमा १४ हजारभन्दा बढी मतले विद्यासुन्दरको अग्रता

maitrinews

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा एमालेले ४५ हजार ३१३ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।
अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३१३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३१ हजार ७७३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत प्रप्त गरिएको छ । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १०५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १०३, साझा पार्टीका तर्फबाट निरुपमा यादवले सात हजार ७९० मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५५८ मत प्राप्त गरेका छन् ।

तत्कालका लागि ४, १८, २० र ३२ नं वडाको जम्मा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ भने १०, १४ र १६ नं वडाको मतगणाना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
जेठ १० गते