भोलि अपराह्न ४ बजेसम्म संसद् स्थगित,प्रमले आजै सम्बोधनसहित राजीनामा दिने तयारी

maitrinews

काठमाडौं । व्यवस्थापिका संसदको बैठक भोलिसम्मको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसके पनि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो । प्रमको विशेष सम्बोधन भने आज अपरान्ह ४ बजे हुने भएको छ । सम्बोधनसँगै राजीनामाको घोषणा गर्नुहुने बताइएको छ ।
बैठक भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित भयो । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।