काम चलाउ सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

maitrinews

 

काठमाडौँ । व्यवस्थापिकासंसद्‍मा आज राष्ट्रपतिद्वारा प्रस्तुत गर्न लागिएको कामचलाउ सरकारको नीति तथा कार्यक्रममा कुनै लोकप्रिय कार्यक्रम समावेश गरिएको छैन ।
उक्त कार्यक्रममा संविधान कार्यान्वयन र विकासका मुख्य कार्यक्रमहरुलाई नै निरन्तरता दिइएको बताइएको छ।
राष्ट्रपति भण्डारीले अपरान्ह बस्ने संसद बैठकमा आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबीचमा प्रस्तुत हुन लागेकोले उक्त नीति तथा कार्यक्रममा चुनावलाई प्रभाव पार्न सक्ने खालको लोकप्रिय कुनै नयाँ कार्यक्रमहरु नराखिएको कामचलाउ सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताउनुभयो ।