आर्थिक विकासमा विदेसीको नक्कलगर्न सुझाव

maitrinews

काठमाडौं, १० जेठ । छिमेकी मुलुकहरुबाट सिकेर नेपालले पनि आर्थिक विकासको पाटोलाई अगाडि वढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । छिमेकी मुलुकहरुले गरिरहेको प्रविधि विकासको अनुसरण गर्दै त्यस अनुसार नेपाल पनि अगाडि वढ्नु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।


नेपाल चेम्वर अफ कमर्सले विभिन्न देशका लागि तीन जना नेपाली राजदूतहरुसँंग बुधबार राजधानीमा गरेको छलफल कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले छिमेकी मुलुकहरुले गरिरहेको लोभ लाग्दो आर्थिक उन्नतिबाट नेपालले पनि सिक्नु पर्ने विचार राखे । श्रीलंकाका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदाससँंग दुईपक्षीय आर्थिक विषयका सम्वन्धमा भएको छलफलमा चेम्वर अध्यक्ष श्रेष्ठले छिमेकी देशहरुसँंगको व्यापार बृद्धिका लागि सहयोगी भूमिका खेल्न राजदूतहरुसँंग आग्रह गरे । साथै उनंले नेपालमा लगानीको वातावरणका लागि पहल गर्न पनि विशेष आग्रह गरे ।
श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने बताए । साथै नेपालमा पर्यटक भित्राउन पनि आफूहरु सक्रिय रहेको बताउनुभयो । साथसाथै आर्थिक बृद्धिका लागि व्यापार मेलाको आवश्यकताबारे चर्चा गरे ।