नवनियुक्त नेपाली राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

काठमाडौं, ११ जेठ । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनका लागि नवनियुक्त महामहिम राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिम कुमार उदास, प्रा.डा. महेन्द्र प्रसाद सिंह र भरत बहादुर रायमाझी सँग बिहीवार नेपाल उद्योग परिसंघका पदाधिकारी विच भेटवार्ता भयो । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल कसरी सम्वन्धित देशहरुसँग नेपालको आर्थिक तथा व्यवसायिक संवन्ध र विस्तार गर्न सकिन्छ र त्यसका लागि निजी क्षेत्रले कसरी प्रभावकारी भुमिका निर्वाह गर्न सक्छ भन्नेमा केन्द्रित थियो ।
छलफलमा परिसंघका कार्यवाहक अध्यक्ष सतिष कुमार मोरले राजदुतहरु जान लाग्नु भएको देशसँग पनि नेपालको आर्थिक तथा सामाजिक सम्वन्ध विस्तारित हुँदै गएकाले ती देशहरुमा व्यापार तथा पर्यटन व्यवसायलाई नयाँ उचाईमा पु¥याउनु पर्ने बताए । बंगलादेश र नेपालका विचमा व्यापार तथा पारवहनका क्षेत्रमा गर्न पर्ने थुप्रै काम रहेकाले महामहिम राजदुतले त्यसका लागि सहयोग गर्नु पर्ने परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । साखगरि पारवहन मार्ग र विद्युत प्रसारण लाइनमा उपलब्धी हासिल गर्न सके बंगलादेशी लगानी नेपाल भित्राउन सहयोग पुग्ने उनको भनाई थियो ।


परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवालले आर्थिक कुटनीतिमार्फत देशमा लगानी आकर्षित गर्न तथा व्यापार र पर्यटन विस्तारमा जोड दिनु पर्ने बताए । अन्य देशहरुले राजदुत तथा महावाणिज्य दुतहरु नियुक्त गर्दा नै उनीहरुको कार्यसम्पादन मूल्यांकनका लागि परिसूचकहरु बनाएर पठाउने गरेको प्रसंग उल्लेख गर्दै अग्रवालले भने हामीले आफ्नै पहलमा भए पनि आवधिक रुपमा यो यो गर्छु भनेर लक्ष्यहरु निर्धारण गर्ने बानी बसाले काम गर्न सजिलो हुने बताए ।
परिसंघका अर्का उपाध्यक्ष निर्वाण चौधरीले व्यापार तथा व्यवसायिक साझेदारी विस्तारका लागि उद्योगी व्यवसायीहरुले आफै पहल गर्ने भएपनि संवन्धित देशका सरकारी निकाय तथा व्यवसायिक जगतहरुसँग सहकार्य गर्ने क्रममा समन्वय गरेर सहयोग गर्नु पर्ने बताए । आगामी दिनमा जलविद्युत, पूर्वाधार निर्माण र पर्यटन उद्योगमा लगानी विस्तारका लागि नवनियुक्त राजदुतज्यूहरुले समन्वय गरे त्यसका लागि हातेमालो गर्न परिसंघ सदैव तयार रहेको कार्यवाहक अध्यक्ष मोरले बताए ।
नेपालमा प्रयाप्त सम्भावना भए पनि उचित बजारिकरणको अभावमा निर्यात व्यापार र पर्यटन विस्तार हुन नसकेको देखिएको अवस्थामा आफुहरु नेपालको मार्केटिङ गर्न उपलब्ध सबै उपाय र स्रोतको उपयोग गर्ने राजदुतहरुको भनाई थियो । परिसंघका पदाधिकारी, गभर्निङ काउन्सील एवं राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको उक्त भेटवार्तामा बंगलादेशका लागि नवनियुक्त राजदुत भुसालले आफ्नो प्राथमिक उद्देश्य देशको उचित प्रतिनिधित्व गर्दै नेपालको आर्थिक विकासका लागि केही भए पनि सहयोग पु¥याउने भएको बताए । साउदी अरबका लागि नेपाली राजदुत सिंहले व्यापार व्यवसाय विस्तारमा सहयोगका लागि उद्योगी व्यवसायीहरुले राजदुतहरुलाई घच्घच्याई रहनु पर्ने बताए । त्यसैगरी, स्पेनका लागि नियुक्त रायमाझीले पर्यटन प्रवद्र्धनमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरे । म्यानमारका लागि नेपाली राजदुत उदासले त्यहाँ उपलब्ध प्रचुर व्यावसायिक सम्भावनाबाट नेपालीले कसरी अधितम लाभ लिन सक्छन् भन्नेमा आफुले काम गर्ने योजना बनाएको बताए ।