बलिउड फिल्म राब्ता रिलिजको तयारीमा
मुम्बई । आगामी जुन ९ मा बलिउड फिल्म राब्ता रिलिज हुने भए पनि फिल्म दर्शकमाझ आउनुअघि नै फिल्मी जोडी कृति सेनन र सुशान्त सिंह राजपुतबीच अफेयरको हल्ला चलेको छ। समाचारअनुसार यो जोडीको दैनिकी दिनहुँको भेटघाट र माया प्रेमका कुरामै बित्ने गरेको छ। तर, कृतिले आफूहरू केवल साथी भएको बताएकी छिन्। ुसुशान्त र मेरोबारेमा बजारमा आएको हल्लाले हाम्रो मित्रतामा कुनै असर पर्दैन,ु उनले भनेकी छिन्, ुसुशान्त र मेरो विषयमा आएको समाचार पढेर हामी हाँस्ने गरेका छौं। किनकी ती समाचार वास्तविकताभन्दा पर छन्। हामी साथी मात्र हौुं साँच्चिकैको अफेयरसँगै केहीले भने फिल्म युनिटले फिल्मको प्रचारका लागि जानीजानी हल्ला चलाएको आरोप लगाएका छन्। उनले आफू यस्तो प्रवृतिको विरोधी रहेको बताएकी छिन्।
ुम यस्तो खाले प्रमोसनको विरुद्धमा छु। मलाई अचम्म लागेको छ,यस्ता खबर कहाँबाट आइरहेका छन्रु फिल्ममा केमेस्ट्री देखाउन नीजि जीवनमा पनि उस्तै केमेस्ट्री देखाउन जरुरी हुन्न। फिल्म राम्रो छैन भने यस्ता खबर जति फैलाए पनि फिल्म हिट बनाउन सकिन्न ,ु उनले भनेकी छिन्। उनले भारतीय दर्शक समझदार भएको र फिल्ममा मात्र चासो राख्ने गरेको बताएकी छिन्।
उनले सुशान्त र अर्का अभिनेता टाइगर श्राफ मिहिनेती र वरुण धवन स्वाभाविक अभिनय गर्ने कलाकार रहेको बताइन्। दिनेश भिजनले निर्देशन गरेको फिल्म ुराब्ताु मा दीपिका पादुकोणको केमियो भूमिका छ। कृतिले ुहिरोपन्थीु बाट बलिउडमा डेब्यु गरेकी थिइन् भने सुशान्तले ुकाइपोचेु बाट टेलिभिजन छाडेर ठूलो पर्दामा पदार्पण गरेका थिए। अंकिता लोखन्डेसँग अफेयरमा रहेका सुशान्तको कृतिकै कारण ब्रेकअप भएको हल्ला छ। फिल्म ुराब्ताु पुनर्जन्ममा आधारित फिल्म बताइएको छ।