देउवाले बोलाएको सर्वदलीय बैठक एमालेव्दारा बहिष्कार

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएकामा एमाले उपस्थित भएन । कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको नेताहरुले बताएका छन् ।
संसद भवन बानेश्वरमा भएको बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरुको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गर्नुभएको छ । तर सहमतीय सरकार बन्ने सम्भावना कम देखिएको छ ।