बाजुरामा नेपाली सेनाको विमान दुर्घटनाग्रस्त, चालकको मृत्यु

maitrinews

 

बाजुरा । नेपाली सेनाको विमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।
तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा आज मध्यान्ह धावनमार्गबाट चिप्लिएर विमान धान खेतमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।
विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ ।
सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।