सहमतीय सरकार बनेन, बहुमतीय सरकार बनाउन गृहकार्य सुरु

maitrinews

काठमाडौ । सहमतीय सरकार नबनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न आजदेखि प्रक्रिया सुरु हुँदै छ । राष्टपति विद्यादेवी भण्डारीले आज सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएपछि देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्टपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको छ ।
देउवाका लागि प्रधानमन्त्री हुन आवश्यक बहुमत सत्ता गठबन्धनसँग पर्याप्त देखिन्छ । हाल संसदमा कायम रहेको साँसदको संख्या पाँच सय ९३ छ भने बहुमतका लागि दुई सय ९७ मत आवश्यक पर्नेछ । सत्ता गठबन्धनसँग तीन सय ११ मत छ भने राप्रपाले पनि सरकारमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई सकारात्मक सन्देश दिएको छ । संसदमा राप्रपाको सांसद संख्या ३७ छ । राप्रपा पनि सरकारमा सहभागी भएको अवस्थामा देउवाको पक्षमा तीन सय ४८ सांसद हुनेछन ।
गत साउनमा काँग्रेस र माओवादी केन्द्र वीच भएको समझदारी अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।