संसद् बैठक मंगलबारसम्म स्थगित, प्रधानमन्त्रीको चुनाव रोकियो

maitrinews

काठमाडौं । सहमति नजुटेपछि व्यवस्थापिक संसद्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन सोही कारण सरेको छ । सहमति जुटाउन भन्दै आज विहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक अपराह्न ३ बजेसम्मको लागि स्थगित भएको थियो । ३
नेकपा एमालेले चितवन घटनामा निर्वाचन आयोगले दिएको निर्णयको विरोधमा संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बिहान ११ बजेको लागि बोलाइएको बैठक अपराह्न ३ बजेसम्मको लागि स्थगित गरिएकोमा सहमति जुट्न नसकेपछि दुई दिन सारिएको हो । । सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले शीर्ष दलको बैठक बोलाउनुभयो तर सहमति जुटेन ।
व्यवस्थापिका संसदबाट आज प्रधानमन्त्रीको चयन गर्ने कार्यतालिका थियो । प्रधानमन्त्रीको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ