प्रधानन्यायाधीश कार्कीको उमेर हदका कारण अवकाश

maitrinews

 

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिनुभएको छ । आज उहाँ ६५ वर्ष पुग्नुभयो। बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिनुभएको थियो । तर, उहाँले न्यायाधीशका लागि मुद्दाको पेसी भने तोक्नुभएको थियो ।
कार्कीको अवकाशपछि आजदेखि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको छ । औपचारिक बिदाइका लागि सर्वोच्चमा कार्यक्रम गर्ने तयारी भए पनि कार्कीले अस्वीकार गर्नुभएको थियो । उहाँले आफ्नो च्याम्बरमा पुगेका न्यायाधीश र केही कर्मचारीलाई शुभकामना दिएर बाटो लाग्नुभएको थियो । उहाँको बिदाइमा सर्वोच्चमा कुनै रौनक थिएन ।
जाँदाजाँदै आफ्नो एकल निर्णयमा सर्वोच्च अदालतको सचिवालयमार्फत भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाउँदै कार्कीले निर्णय गर्नुभयो । भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मि श्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रसमशेर राणा र जगदीश शर्मा पौडेलको नाम संवैधानिक परिषदमा पठाइएको छ ।
जेठ २४ गते ।