भरतपुरमा छोरीलाई चुनाव जिताउन प्रचण्डले ६९ करोडभन्दा बढी रकम पठाएको खुलासा

maitrinews

 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृह जिल्ला चितवनलाई आफू र आफ्नी छोरीको चुनावी क्षेत्र बनाउन रु ६९ करोड ६० लाख पठाएको खुलासा भएको छ ।

प्रधानमन्त्रीका रुपमा दाहालले थप योजनाका रुपमा रकम निकासा गरेका हुन् । योजना अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार गत फागुन १ गतेदेखि चैत २ गते सम्ममा सातपटक गरी जिल्ला समन्वय समितिमा थप अनुदानका रुपमा ती योजनाका लागि रकम आएको हो ।
फागुन १ गते ७० वटा योजनाका लागि रु ५२ करोड, फागुन १५ गते नौवटा योजनाका लागि तीन करोड १६ लाख, फागुन १९ गते एउटा योजनाका लागि रु २० लाख, सोही दिन अरू ३८ योजनाका लागि रु ६ करोड ५० लाख, फागुन २० गते एक योजनाका लागि रु ३० लाख र चैत २ गते १२ योजनाका लागि पाँच करोड रुपैंयाँका कार्यक्रम लगी मतदातालाई आकर्षित गर्ने प्रयास गरे । गत चैत १ गते खेलकुदसँग सम्बन्धित २४ योजनाका लागि रु दुई करोड ४४ लाख बजेटका कार्यक्रम आएका थिए । ती योजनामध्ये सुरुमा २६ करोड र पछि चार करोड गरी रु ३० करोड निकासा भइसकेको छ
यातायात सेवा केन्द्रका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकोमा जग्गाको अभावले काम अघि बढ्न सकेको छैन भने लायन्सचोकको तरकारी बजार भएको ठाउँमा बहुउद्देश्यीय भवनका लागि रु एक करोड ५० लाख मात्र विनियोजन भएकाले थप रकमको सुनिश्चितताको अभावमा काम हुन नसकेको हो ।
दाहालले आफ्नो चुनावी क्षेत्र चितवनमा बनाउने पूर्वतयारीस्वरुप प्याकेजका रुपमा यी योजना पारेका हुन् । पहिलो पटक प्रधानमन्त्री हुँदा जिल्लामा कुनै काम नगरेको भन्दै चर्को आलोचना खेप्नुभएका दाहालले दोस्रो पटक प्रधानमन्त्री भएलगत्तै भरतपुर महानगरलाई लक्षित गरी कार्यक्रम पारे ।
तर भरतपुर महानगरको मेयरमा उठाएकी दाहाल पुत्री रेणु दाहालले चुनाव हार्ने निश्चित भएपछि प्रचण्डै निर्देशनमा मतपत्र च्यात्ने काम गरी जनमतलाई बेवास्ता गर्ने काम गरेका छन् ।