कृषि विकास बैंकमा आस्बा सेवा निःशुल्क

maitrinews

काठमाडौं । शेयर दरखास्त राख्नका लागि अतिनै उपयोगी मानिएका आस्बा प्रणाली कृषि विकास बैंक लि.ले आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुको हितलाई ध्यानमा राखी निशुल्क रुपमा आस्बा सेवा उपलव्ध गराउने भएको छ । कृषि विकास बैंक लि.का हाल ११० वटा शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० वटा भन्दा बढी शाखाबाट आस्बा सेवा संचालन गर्ने गरी आवश्यक कार्यहरु समेत अगाडी बढाई सकेको छ ।
साथै कृषि विकास बैंक लि. आइपीएसको समेत सदस्य भएकोले कृषि विकास बैंक लि. का ग्राहकहरुले अन्य बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् ।