बेलायती आमनिर्वाचनमा सत्तारुढ दललाई झड्का, विपक्षीले सिट बढायो

maitrinews

 

बेलायत । बेलायतमा भएको आम चुनावपछि सत्तारुढ कन्जरभेटिभ पार्टिले संसदमा ठूलै दल रहे पनि उसले आफ्नो पकड गुमाएको छ । मतगणना जारी रहँदा कुनै दलको पनि बहुमत नपुग्ने त्रिशंकु संसद बन्ने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री थेरेसा मेको लागि यो सुखद समाचार बनेन ।
कन्जरभेटीभ पार्टीले आफ्ना केही सीट गुमाए पनि उ सबैभन्दा ठूलो दल चाहिँ रहने भएको छ ।
प्रमुख प्रतिपक्षी लेबर पार्टीले केही सिट बढाएको छ ।