एनबी इन्सुरेन्स कम्पनी लि. १९औं शाखा जावलाखेलमा

 

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा आएको छ । सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले  गरे । त्यस अवसरमा बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्की र निर्देशक राजुरमण पौडेलको उपस्थिती रहेको थियो । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, हवाई उडान सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।