सीतापाइलामा ढिस्कोले पुरिएर तीन मजदुरको मृत्यु

maitrinews

काठमाडौँ । काठमाडौंको सितापाइला चोकमा मेलम्चीको खानोपानी पाईप राख्न खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ ।

बुधबार बिहान पौने २ बजेर डिआई पाइप राख्ने खाल्डो खन्दै गरेका मजुदरहरुको ढिस्कोले पुरिएर ज्यान गएको काठमाडौं महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । मृतकहरुमा सप्तरीका १७ वर्षीय सन्तोष दास, १७ वर्षकै श्यामसुन्दर राम र पर्वतका ४७ वर्षीय प्रसाद केसी रहेका छन् ।  

उनीहरुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे जाँचबुझ गर्न प्रहरीले पाइप बिछ्याउने कार्यको ठेक्का लिएका प्रद्युन्नमान चित्रकारलाई नियन्त्रणमा राखिएको छ ।