२ नम्बरको चुनाव सार्ने भारतको कठपुतली देउवा सरकारको विरोध, देउवा र प्रचण्डको पुत्ला जलाइयो

maitrinews

काठमाडौं । चुनाव गर्न सक्ने अवस्था हुँदाहुँदै पनि राष्ट्रिय जनता पार्टीका नाममा भारतको कठपुतली काँग्रेस माओवादी गठबन्धन सरकारले दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ ।
विद्यार्थीहरुले प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेकपा एमालेले चुनाव सार्ने सरकारी निर्णयको कडा शब्दमा विरोध जनाएको छ ।