राजपाले चुनावमा भाग नलिने, चुनाव विथोल्ने कार्यक्रमलाई निरन्तरता दिने

maitrinews

काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईको निर्वाचन सारिएको भोलीपल्ट सरकारले जुनसुकै हालतमा चुनाव गराउने बताउदाँ आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले भने चुनाव विथोल्न संघर्षका कार्यक्रम गर्ने अडान पुन दोहोयाएका छन्। राजपा नेपालको बैठकले सरकारले आफ्नो सहमति बिना निर्वाचन सार्ने निर्णय गरेको भन्दै तीन वटा प्रदेशमा असार १४ मा गर्न लागिएको चुनाव विथोल्ने निर्णय गरेको छ।
तर गृहमन्त्री जनार्दन शर्माले सरकारले सहमतिमै चुनाव सार्ने निर्णय गरेको दावी गर्दै मतदानका लागि सुरक्षित वातावरण बनाइने बताएका छन्।
सरकारले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सार्ने र बाँकी प्रदेशमा उम्मेदवारी दर्ताको मिति सार्ने निर्णय गरे लगतै राजपा नेपालले बाहिर रहेका आफ्ना अध्यक्ष मण्डलका सदस्यलाई राजधानी बोलाएर छलफल गरेको थियो ।
पार्टीको बैठकले सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने र अन्य प्रदेशमा उम्मेदवारी दर्ताको मिति सार्ने निर्णयमा आफ्नो सहमति नरहेको प्रष्ट पारेको छ।
राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ूदोस्रो चरण भनिएको तीनवटा प्रदेशको निर्वाचनमा सहभागी नहुने, त्यो चुनावलाई अवरोध पुर्याउने र सकेसम्म हुन नदिने निर्णय गरेका छौं।
राजपा नेपाल सहित कतिपय अन्य जातीय तथा क्षेत्रीय दलहरु संलग्न संघीय गठबन्धनले पनि उक्त निर्णयमा समर्थन जनाएको छ।