बौद्ध धर्मावलम्बीद्वारा महानगरका जनप्रतिनिधिको सम्मान

maitrinews

 

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका विभिन्न बौद्ध महाविहारलगायत सामाजिक सङ्घसंस्थाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वडाध्यक्षहरुलाई सम्मान गरेका छन् ।

अठार महाविहार, दश शाक्य महाविहार, सो¥ह शाक्य महाविहार, बज्राचार्य संरक्षण गुठी, नेपाल परम्परागत बौद्धधर्म सङ्घ र पे्रmन्डस् अफ शान्तिपुरले आयोजित समारोहमा टीका तथा सगुन जनप्रतिनिधिलाई प्रदान गरी स्वागत गरेका हुन् ।

सम्मान समारोह मूल आयोजक समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले उहाँहरुलाई सम्मान गर्दै प्राचीन समयदेखि नेपालमण्डलभित्र हिन्दू र बौद्ध धर्मको प्रभाव रहेकाले ती सम्पदास्थल महानगरको पहिचानका रुपमा विकास गर्न सुझाव दिनुभयो ।

उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायणलगायत क्षेत्रमा भइरहेका अतिक्रमणले गर्दा अहिले जोखिममा रहेको जानकारी गराउँदै त्यस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्न आग्रह गर्नुभयो ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट पीडितलाई निःशुल्क प्राविधिक सहयोगका साथै १० प्रतिशत नक्सा पासमा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले महानगरपालिकामा नेपाली र नेवारी भाषालाई कामकाजको भाषाका रुपमा मान्यता दिने निर्णय गरिएको पनि बताउनुभयो । कामपा उपप्रमुख हरिप्रभा खड्गीले भूकम्पले भत्किएका प्राचीन महत्वका सम्पदा चाँडै जीर्णोद्धार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।