एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ प्रकारका एसडिएलजि ग्रेडरहरु

maitrinews

 

काठमाडौं । एक्स्प्लोर अर्थमुभर्स ले ९१३८ र ९१९०मोडलका २ प्रकारका एसडिएलजि ग्रेडरहरु उपलब्ध गराएको छ । यी ग्रेडरहरु प्राविधिक रुपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भनें ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् । यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु प्नि रहेका छन् । विगत १०० वर्षदेखि विश्व बजारमा आफ्नो पहिचान कायम गर्न सफल रहँदै आएको एसडिएलजि ग्रेडरहरु नवीन खोज र डिजाइनका लागि विश्वमै प्रमाणित भैसकेका छन् । यी ग्रेडरहरु
यो ग्रेडरमा विद्यमान थप विशेषताहरुमा च्यासिसको अग्रभागमा क्याबिन हुनु हो जसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ यसले गर्दा कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रो गर्न सकिन्छ । आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषताहरु हुन् । पछाडीको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् । तीन थरीका पावर मोड र स्वचालित क्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्दछ ।

सानडोङ लिङगोङ मेशिनरी क.लि.(एसडिएलजि) को स्थापना सन् १९७२ मा भएको थियो र यो निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो र यसले एसडिएलजि ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ । कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ, जसबाट कम्पनीका ह्वील लोडर्स, ब्याकहो लोडर्स र सडक उपकरणको क्वालिटी, क्षमता र विश्वसनीयता सुनिश्चित् गर्न सक्षम भएको छ ।

सन् २००६ मा एसडिएलजिले भोल्भो समुहसँग सहकार्य गरेपछि कम्पनीलाई व्यवस्थापकीय अनुभव र प्राविधिक सहयोगमा उत्तम अन्तर्राष्ट्रिय इन्टरप्राइजेजको साथ प्राप्त भएको छ । यो सहकार्यको कारण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफलता हासिल गरेको छ । यसैगरी सन् २००७ मा भोल्भो कन्स्ट्रक्सन इकवीपमेन्टले एसडिएलजिमा थप लगानी गर्ने सम्बन्धमा एक सम्झौता गरेपछि एसडिएलजिको उत्पादन क्षमता अभिवृद्धि गर्नमा अझ सहयोग पुग्यो । अतः एसडिएलजि र भोल्भो बिच भएको सहकार्यबाट एसडिएलजिलाई तीव्र रुपमा विकास गर्न थप उत्साह प्राप्त भएको छ ।