बजाज पल्सर अब त्रिभुवन आर्मी फुटबल क्लबसँग आबद्ध

maitrinews

काठमाडौँ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने ब्राण्ड मध्येको एक, नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द रहेको छ । यसको लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ । यो क्लबले घरेलु फुटबल प्रतिस्पर्धाहरुमा कयौं ऐतिहासिक सफलताहरु प्राप्त गरेको छ ।
पल्सर मोटरबाईक सशक्तता, कठोरपना, र सहाजको पर्यायबाची मोटरबाईक ब्राण्डको रुपमा स्थापना भएको छ, र यो नेपाली युवाहरुमाझ सबैभन्दा लोकप्रिय मोटरबाईक भएको छ ।
बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ ।
नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ ।
यो प्रायोजनको बारेमा आयोजित पत्रकार सम्मेलनमा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामी देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएका छौं । त्रिभुवनआर्मी फुटबल क्लब नेपालका प्रतिष्ठित र सर्वश्रेष्ठ क्लबहरु मध्ये एक हो बजाज पल्सर पनि नेपालकै सर्बाधिक बिक्रि हुने मोटरबाइक हो त्यसैले दुबैको सम्बन्ध गाँस्न पाउदाँ हर्षित छौं । आगामी दिनमा क्लबले गौरवपूर्ण सफलताहरु हासिल गर्नेमा हामी विश्वस्त रहेका छौं ।’