भूकम्पपीडितलाई ट्याक्सी वितरण
काठमाडौं । सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण गरेको छ । बुधबार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भुकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुरुवात गरिएको हो ।
पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गर्न लागिएको हो ।
त्यसैगरी विहिबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोक तथा शुक्रबार काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा , मकवानपुर र ओलढुङ्गा जिल्लामा वितरण गरिने छ । सरकारले २०७२ साल बैशाखमा आएको भुकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो ।
सरकारको यो निर्णय अनुसार काभ्रेका २ सय १, नुवाकोटका १ सय २५, रामेछापका १ सय ६५, दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३, काठमाण्डौका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन् ।