टिफा सम्झौता प्रभावकारी बनाउन आवश्यक

 

काठमाडौं । न्यूयोर्क स्थित कन्सुलेट जनरलको कार्यालयको लागि नवनियुक्त काउन्सुलेट जनरल मधुकुमार मरासिनी र परिसंघका पदाधिकारीहरुबीच ८ आषारमा परिसंघको सचिवालयमा भेटवार्ता भयो । सो अवसरमा नवनियुक्त काउन्सुलेट जनरलको स्वागतगर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको विकासमा प्रमुख सहयोगी राष्ट्र अमेरिकासँग नेपालले आर्थिक कुटनीतिको माध्यमबाट थप सहयोग एवं फाइदालिन सकिने र यस प्रकारको वातावरण तयार पार्न अर्थमन्त्रालयमालामो समयसम्म रहनुभई निजी क्षेत्रकाविषयमा राम्रो जानकारी भएकाकाउन्सुलेट जनरल मरासिनीको भूमिका महत्वपूर्ण हुनेविश्वास व्यक्त गरे ।
नेपालमा लगानीको अनुकूल वातावरण तयार हुँदै आएको वस्तुस्थितिलाई अमेरिकी लगानीकर्तासम्म पु¥याउन, नेपाल अमेरिकाबीच सम्पन्न टिफालाई कार्यान्वयन तहमा ल्याउन, नेपालको निकासीलाई विभिन्न कार्यक्रमको माध्यमबाट अमेरिकी बजारमा बढाउन, प्रविधि र सूचनाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको अमेरिकाको यस क्षेत्रमा सहयोग ल्याउन कुटनीति एवं निजी क्षेत्रकाबीच सहकार्य आवश्यक रहेको सुझावउक्त छलफलको क्रममा परिसंघका अन्यपदाधिकारीले व्यक्त गरेका थिए ।
सो अवसरमा नवनियुक्त काउन्सुलेट जनरल मरासिनीले नेपाल र न्यूयोर्कसँग मात्रपनि व्यापार, लगानी, प्रविधि, बीमाआदि क्षेत्रको आपसीलगानी र सम्बन्ध बढाउन सकेमात्रपनि नेपालको विकासमाथप सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै आफ्नो कार्यकालमा यस तर्फ यथासक्य प्रयास रहने विचार व्यक्त गरे ।