जनप्रतिनिधीसँग सहज सम्पर्कका लागि मोबाईल फोन खरीद गर्न बजेत विनियोजन गर्ने भनिएको हो : मेयर

maitrinews

काठमाडौँ । काठमाडौँ महानगरका जनप्रतिनिधिले आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको भन्दै केही आलोचना भैरहेका बेला नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले चिन्ता व्यक्त गर्नुभएको छ ।
तथ्यलाई केही नबुझिकन पूर्वाग्रही केही सञ्चार माध्ययम र सामाजिक सञ्जालतिर केही खुट्टा तान्ने व्यक्तिहरुबाट अनावश्यक आलोचना भएको भन्दै उहाँले त्यसलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनिधिलाई बिहानदेखि बेलुकासम्म जनताको घर–दैलोमा पुगेर खट्न सजिलो होस् भन्नका लागि त्यस्तो सुविधा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
‘अहिलेको युग सूचना र प्रविधिको युग हो, जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने माध्ययम मोवाइल फोन नै हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले जनप्रतिनिधिले एकै खाले र एकै रकमका मोवाइल बोकुन भन्नका लागि हामीले यसो गरेको हो ।’
उहाँले जनप्रतिनिधिसँग पुरानै मोवाइल र सिम नम्बर भए पनि मोबाईलमा आधुनिक एप्स चलाउन सकोस् र स्मार्ट सीटीका वडाअध्यक्ष र सदस्यहरु प्नि समय अनुसार प्रविधिमा स्मार्ट बन्न सहज होस् र महानगर केन्द्रबाट सवै वडामा विभिन्न एप्स मार्फत सुचन प्रवाह गर्न सहाज होस् भन्ने हेतुले एक रुपता ल्याउन र जनताले जुनसुकै वेला पनि सम्पर्क गर्न सकुन भनेर मोवाईल फोनको सुविधा दिएको दोहोर्याउनु भयो ।
उहाँले १देखि ३२ सम्म नयाँ सीम दिएको र मोबाइल खरी दगर्न वडा वडामा रकम विनियोजन गर्ने निर्णय गरेको बताउनुभयो । ‘हामीले पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेका छौँ, मोवाइल भनेको विलासी चीज होइन । अत्यावश्यक चीज हो’ उहाँले भन्नुभयो, ‘हामीले लुकाएर निर्णय गरेनौँ, जनप्रतिनिधिलाई जनतासम्म जानका लागि सहज होस भन्ने हेतुले यसो गर्यौँ । उहाँले अहिलेसम्म जनप्रतिनिधिले पारिश्रमिक केही नपाएको भन्दै सरकारले निर्णय नगरेसम्म नदिने पनि जानकारी दिनुभयो । जनताका सेवा प्रवाहलाई चुस्त वनाउन सवभन्दा पहिला आफनो कार्यालय चुस्त हुनुपर्ने भन्दै उहाँले विद्यूत, टेलिफोन, खानेपानी, शौचालय, इन्टरनेट जस्ता पूर्वाधार अत्यावश्यक भएको पनि बताउनुभयो ।.
उहाँले तीन हप्ताको अवधिमा केही कामहरुको सुरुवात गरेको भन्दै सकारात्मक कामको पनि जस दिन आग्रह गर्नुभयो । ‘सबै संरचना नयाँ छ । कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनलगायत कुराले अझै पूर्णता पाउन सकेको छैन,’ उहाँले भन्नुभयो ‘हामी सकेसम्म जनतालाई कसरी सहज सुविधा दिन सक्छौँ भन्नेमा सचेत छौँ । उहाँले महानगर क्षेत्र भित्रका ८८ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन महानगर क्षेत्रका सरकारी अस्पतालका प्रमुखहरुसँग छलफल प्रक्रिया अघि बढाएको, क्लीन द सीटी अभियान अघि बढाएको जस्ता सकारात्मक काम आफू आएपछि भएको बताउनुभयो ।