सरकारले निजी क्षेत्रको उच्चमूल्याङ्कन गर्ने : अर्थमन्त्री

maitrinews

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमानिजी क्षेत्रले पु¥याएको योगदानको सरकारले सधैँ उच्चमूल्याङ्कनगर्ने तथाउद्योग व्यवसायीको मर्यदा र पेशाव्यवसायमाप्रतिकूल असर पर्ने कामकतै र कुनै किसिमबाट पनिहुननदिन सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा ९ आषारमा अर्थमन्त्रालयमा गएको उद्योगी–व्यवसायीहरुको प्रतिनिधिहरुसँगको भेटवार्ताको अवसरमा मन्त्री कार्कीले सो धारणा व्यक्त गरेका हुन् ।
भेटवार्ताको अवसरमा परिसंघका अध्यक्ष शर्माले मुलुकमा आर्थिक, लगानी प्रवद्र्धन एवं उद्योग–व्यवसायको विकासको लागि अहिले अनुकूल वातावरण श्रृजना भएको र सो विषयमा विभिन्न आर्थिक सूचकाङ्कबाट पनि स्पष्ट पारेको पृष्टभूमिमा यो वातावरणलाई कायम राख्न सरकारले निजी क्षेत्रलाई विश्वासमालिइ थप प्रोत्साहनयुक्त कार्यक्रम सहित अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । अध्यक्ष शर्माले राष्ट्रिय महत्वका परियोजनाहरुको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखि निश्चित समय भित्रती परियोजनाहरु सम्पन्नगर्ने प्रतिवद्धता सहितको वातावरण तयार हुनु पर्ने सुझावदिएका छन् ।
साथै नेपाल सरकार, उद्योग मन्त्रालयको आयोजनामा सम्पन्न “लगानी सम्मेलन” मा व्यक्तभएका विदेशी लगानीकर्ताहरुको प्रतिवद्धतालाई कार्यान्वयनमाल्याउन सरकारबाट निश्चित मापदण्ड सहितको अनुगमन प्रणली तयार पार्ने कामप्रारम्भ हुन पर्ने साथै नेपाल उद्योग परिसंघबाट आयोजना गरिएको पूर्वाधार सम्मेलनले निर्दिष्ट गरेको विषयलाई कार्यान्वयनतहमा पु¥याउन सरकारबाट परिसंघलाई आवश्यक प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने माग समेत अध्यक्ष शर्माले प्रस्तुत गरेका थिए ।
भेटवार्ता एवं छलफलको क्रममा परिसंघका पदाधिकारीहरुले सरकारले जी डी पी को १० प्रतिशत पूर्वाधार विकासको लागि छुट्याउनु पर्ने र भारतले आगामीजुलाई १ देखि लागू गर्ने जनरल सेल्स ट्याक्सको प्रभावबाट नेपालका उद्योग व्यवसायका साथै कच्चा पदार्थको आयातमा पर्ने असर बारे सरकारले विस्तृत अध्ययनगरिनु पर्ने माग समेत पेश गरेका थिए ।
भेटवार्तामा परिसंघका उपाध्यक्षहरु तथा गभर्निङ्ग काउन्सीलका सदस्यहरुको उपस्थिति थियो ।