ब्राजिलका राष्ट्रपति टेमरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

maitrinews

 

 

ब्राजिल । ब्रजिलका प्रमुख संघीय अभियोजनकर्ताले भ्रष्टाचारको श्रृंखलाबद्ध आरोप खेपिरहेका राष्ट्रपति मिसेल टेमरमाथि, पहिलो पटक, घुस लिएको अभियोग दर्ता गराएका छन्।
राष्ट्रपति टेमेअरले उक्त मामिलामा आफू निर्दोष रहेको भन्दै पदबाट हट्न अस्वीकार गरिरहेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरुले राष्ट्रपतिलाई विशेषाधिकारका रुपमा प्राप्त कानुनी छुट दिने या नदिनेबारे निर्क्योल गर्न अब उक्त मुद्दा संसदको तल्लो सदनमा पठाउने या नपठाउने भनेर निर्णय लिनेछन्।
आफ्नी पूर्ववर्तीलाई महाभियोग लगाएर सत्तामा आएका राष्ट्रपति टेमेअर एक जना बन्दी नेतालाई घुस दिन प्रोत्साहन गरेको अडियो रेकर्डिङ सार्वजनिक भएपछि चर्को आलोचना खेपिरहेका छन्।