विप्लव माओवादीले गरायो निजी विद्यालय बन्द

 

 

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी ९संस्थागत० विद्यालयमा हड्ताल गरेको छ ।

हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताउनुभयो ।

अखिल ९क्रान्तिकारी० का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताउनुभयो । सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेको छ ।

शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो । निजी विद्यालय सञ्चालकले भने उक्त सहमति एकतर्फी भएको जनाएका छन् ।