देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमाले विजयी

maitrinews

डडेलधुरा- डडेलधुराको अमरगढी नगरपालिकाको मेयर उपमेयर दुबैमा एमाले विजयी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरसमेत रहेको अमरगढीमा एमालेका उम्मेदार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६५ मत ल्याउँदै विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे।

त्यस्तै उपमेयरमा एमालेकै  संगीता भण्डारी विजयी भएकी छन्। उनले ३ हजार ५१७ मत ल्याउँदै विजयी भइन्। उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत ल्याइन्।