मतगणना: एमालेले पहिलो स्थानमा, नेपाली काँग्रेसले दोस्रो स्थानमा, माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता

काठमाडौँ । दोस्रो चरणको निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये ३२६ स्थानीय तहको मतगणना सुरु भएको छ । मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा, नेपाली काँग्रेसले दोस्रो स्थानमा, माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता लिइरहेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३।६९ प्रतिशत मत खसेको छ ।माले १ नगर र ९ गाउँ पालिका  अमरगढी नगरपालिका डंडेलधुरा विश्वेश्वरप्रसाद वाग्ले मेयर र संगीता भण्डारी उपमेयर विजयी भए । मष्टो गाउँपालिका बाजुरा कर्णबहादुर कठायत एमाले विजयी उपप्रमुखमा भगवती बोहोरा एमाले विजयी भएका छन् । पाण्डवगुफा गाउँपालिका बाजुरा प्रमुखमा कालीबहादुर शाही र उपप्रमुखमा ऐना गिरी विजयी भए ।  यस्तै बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय र उपाध्यक्षमा एमालेकै गंगुदेवी खडायत विजयी भए । बाजुराकै गौमुल गाउँपालिकामा हरि रोकाया निर्वाचित भएका छन् । गौमुलको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छिन् । यस्तै पञ्चेश्वर गाउँपालिका बैतडीको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द, दूधकोसी गाउँपालिका सोलुखुम्बु बुद्धिकिरण राई, जन्तेढुंगा गाउँपालिका खोटाङ शंकर राई एमालेका अध्यक्षमा निर्वाचित भएका छन् । ती सबै गाउँ पालिकाका उपाध्यक्षमा पनि एमाले उम्मेदवार निर्वाचित भए ।  भोजपुरको रामप्रसाद रार्इ गाउँपालिकामा एमालेका विजय रार्इ ८ मतले विजयी भएका छन् । उनले २३५६ मत ल्याए भने माअोवादीका थामबहादुर रार्इले २३४८ मत ल्याए । ताप्लेजुङको मौवाखोला गाउँपालिका अध्यक्षमा एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित भइन् । कांग्रेसका ५ गाउँ पालिका कुन कुन ?  यसैगरी बझाङको काँडागाउँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र धामी र उपाध्यक्षमा प्रमिला बस्नेत निर्वाचित भए । बाजुराको छेडेदह गाउँपालिकामा नरबहादुर रावत विजयी भए । शंखुवासभाको शिलिचोकमा कांग्रेसका रामबहादुर कुलुङ र चिचिलेमा पनि कांग्रेसकै पासाङ नोर्वु शेर्पा निर्वाचित भए । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस बिजयी भएको छ । कांग्रेसका पदम बडुवाल २९४० मत प्राप्त गरी मेयरमा निर्वाचित  भएका छन् । माओवादी सोलुको लिखुपिके एक  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । 
आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरण अनुसार, प्रदेश नं। १ मा ७२।४९ प्रतिशत, प्रदेश नं। ५ मा ७५।३४ प्रतिशत र प्रदेश नं। ७ मा ७३।०५ प्रतिशत मतदान भएको छ ।

कुन पार्टीले कहाँ-कहाँ जिते ?
 
१‍. रामप्रसाद राई गाउँपालिका, भोजपुर अध्यक्षमा विजय राई (एमाले)  
उपाध्यक्षमा सम्झना राई (माओवादी केन्द्र)  
 
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ अध्यक्षमा शंकर राई (एमाले) 
उपाध्यक्षमा वीरबल किराँती (माओवादी केन्द्र)  
 
३. काँडा गाउँपालिका, बझाङ अध्यक्षमा राजेन्द्रबहादुर बोहरा (कांग्रेस) 
उपाध्यक्षमा कल्पना बोहोरा (कांग्रेस) 
 
४‍. छेडेदह गाउँपालिका बाजुरा अध्यक्षमा नरबहादुर रावत (कांग्रेस)
उपप्रमुखमा कुन्तीदेवी साउद (कांग्रेस)
 
५. पाण्डवगुफा प्रमुखमा कालीबहादुर शाही (एमाले) 
उपप्रमुखमा ऐना शाही (एमाले)
 
६. बडीमालिका बाजुरा प्रमुखमा पदमबहादुर बडुवाल (कांग्रेस)
उपप्रमुखमा कविता विष्ट (कांग्रेस)
 
७‍. मस्टा गाउँपालिका, बझाङ अध्यक्षमा कर्णबहादुर कठायत (एमाले) 
उपाध्यक्ष भगवती बोहरा (एमाले)
 
८. वित्थड चिर गाउँपालिका बझाङको प्रमुखमा प्रेमबहादुर बोहरा (एमाले) 
उपप्रमुखमा जानकी बोहरा (एमाले) 
 
९. पञ्चेश्वर गाउँपालिका, बैतडी अध्यक्षमा गोरखबहादुर चन्द (एमाले)
उपप्रमुखमा विना भट्ट (एमाले)
 
१०. अमरगढी नगरपालिका डढेलधुरा विश्वेश्वरप्रसाद ओझा (एमाले)
उपप्रमुख संगीता भण्डारी (एमाले)  
 
११. लिखु पिके गाउँपालिका, सोलुखुम्बु अध्यक्षमा डम्बरबहादुर बस्नेत (माओवादी केन्द्र) 
उपाध्यक्षमा शर्मिला बस्नेत (माओवादी केन्द्र)
 
१२. मैवाखोला गाउँपालिका,  ताप्लेजुङ अध्यक्षमा राजनकुमार थुलुङ (एमाले)
उपाध्यक्ष कौसिला थुलुङ (एमाले)
 
१३. पुथाउत्तरगंगा गाउँपालिका रुकुम अध्यक्षमा ओमप्रसाद घर्ती (माओवादी केन्द्र)
उपाध्यक्षमा ओमकुमारी शाही मल्ल (माओवादी केन्द्र)
 
१४. महाकुलुङ गाउँपालिका सोलुखुम्बुको अध्यक्षमा सागर किराती (माओवादी केन्द्र)
 
१५. थलारा गाउँपालिका बझाङको अध्यक्षमा भुवनेश्वर उपाध्याय (एमाले) 
उपाध्यक्षमा गंगुदेवी खडायत (एमाले)
 
१६. चिचिला गाउँपालिका, संखुवासभा अध्यक्षमा पासाङ नोर्बु शेर्पा (कांग्रेस)
उपाध्यक्षमा यदुकुमारी राई (कांग्रेस)
 

१७. सिलीचोङ गाउँपालिका, संखुवासभा अध्यक्षमा रामकुमार कुलुङ (कांग्रेस)

उपाध्यक्षमा लालकुमारी राई (कांग्रेस)
 
१८. बंगलाचुली गाउँपालिका दाङको अध्यक्षमा भक्तबहादुर ओली (माओवादी केन्द्र) 
उपाध्यक्षमा यमुना थापा मगर (माओवादी केन्द्र) 
 
१८. मल्लरानी गाउँपालिका प्यूठान अध्यक्षमा अमरध्वज राना (राष्ट्रिय जनमोर्चा) 
उपाध्यक्षमा सरिता जीसी  (राष्ट्रिय जनमोर्चा) 
 
१९. गौमुल गाउँपालिका बाजुरा अध्यक्षमा हरिबहादुर रोकाया (एमाले)