प्रदेश नम्बर दुईको निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी हुन्छः केपी ओली

maitrinews


काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणमा हुने स्थानीय निर्वाचनमा पनि एमाले नै पहिलो हुने दाबी गर्नुभएको छ । गुल्मी सदरमुकाम तम्घार पुगेर रेसुङ्गा नगरपालिकामा विजयी एमाले उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज गुल्मीको सदरमुकाम तम्घास पुग्नुभएका ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले चुनाव अघिसम्म एमालेलाई बढार्छु भन्नेहरु चुनावका बेला आफैँ बडारिएको पनि दाबी गर्नुभयो । ‘अरुले एमाले बढार्ने धम्की दिन्छ्न,’ ओलीले भन्नुभयो, ‘परिणाम आउने बेला कुचो एमालेको हातमा हुन्छ ।’
उहाँले पहिले पनि एमाले सकिन्छ भन्नेहरु धेरै भएको भन्दै पहिलो निर्वाचनबाट एमाले पहिलो पार्टी भएपछि गुपचुप भएको आरोप लगाउनुभयो । उहाँले २ नम्बर प्रदेशबाट एमाले बडारिन्छ भन्नेहरु पनि चुनावमा बढारिने उदघोष गर्नुभयो । उहाँले दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो पार्टी नै बन्ने भएकाले यो जनताको मायालाई एमालेले सधै सम्मान गर्ने बताउनुभयो । त्यस्तै हरेक गाउँ र बस्तिमा एमाले बिकास लिएर पसिरहेकाले सबैले स्वागत गरिरहेको बताउनुभयो ।
ओलीले सबै जनताका घरमा काम गर्न पुग्ने काम एमालेले पूरा गर्ने जानकारी पनि दिनुभयो । रेसुङामा बिजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसहित पार्टी सचिवहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्टलगायत एक दर्जन केन्द्रीय नेता गुल्मी पुग्नुभएको थियो । रेसुङा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल प्रमुख र सीता भण्डारी उपप्रमुखमा विजयी हुनुभएको छ ।
गुल्मीको ८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । ८ स्थानीय तहको मतगणना सार्वजनिक हुँदा एमाले ५ स्थानमा विजयी भएको छ ।