मतगणनाः एमालेले पहिलो स्थानमा, नेपाली काँग्रेसले दोस्रो स्थानमा, माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता

maitrinews

काठमाडौँ । दोस्रो चरणको निर्वाचन भएका ३३४ स्थानीय तहको मतगणना जारी छ । मतगणनामा नेकपा एमालेले पहिलो स्थानमा, नेपाली काँग्रेसले दोस्रो स्थानमा, माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता लिइरहेको छ । एमालेले ९० स्थानभन्दा बढी सिट जितेको छ । काँग्रेसले ७० भन्दा बढी र माआवादी केन्द्रले २५ भन्दा बढी सिट जितेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३।६९ प्रतिशत मत खसेको थियो ।