इटहरी उपमहानगरपालिकामा एमालेको सानदार जित, उपमहानगरमा निकै ठूलो सफलता

maitrinews

 

धरान । सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले सानदार जितेको छ । एमालेका मेयर उम्मेदार द्वारिकलाल चौधरी र उपमेयरममा एमालेकै उम्मेदवार लक्ष्मी गौतम विजयी हुनुभएको हो । चौधरीले २२६८९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटत्म प्रतिद्वन्द्वी रोहित प्रसाई १९९८५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपमेयरमा एमालेका लक्ष्मी गौतमले २१८४२ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी विमला ढकालले १८३५२ मत प्राप्त गरी विजयी हुनुभयो ।
२०५४ सालमा समेत इटहरी नगरपालिकाको मेयर र उपमेयरमा विजय हाँसिल गरेको एमाले २० वडा मध्ये ८ वडामामात्र विजय हासिल गरेको छ । मेयर र उपमेयरमा पराजय बेहोरेको कांग्रेसले ११ वडामा जित हाँसिल गरेको छ । एक वडामा भने लोकतान्त्रिक फोरमले जितेको छ ।
कांग्रेसले वडा १,३,६,७,८,११,१२,१५,१६,१७,२० जितेको छ भने एमालेले २,४,५,९,१३,१४,१८,१९ जितेको छ । फोरमले वडा नम्बर १० जितेको छ ।
इटहरीका १०२ निर्वाचित प्रतिनिधिमध्ये एमाले ५८ ले सिट हासिँल गरेको छ । त्यस्तै कांग्रेसले ४०,फोरमले ३ र माओवादी केन्द्रले १ प्रतिनिधि हात पारेका छन् ।

 इटहरी उपमहानगरपालिकामा पनि जित  एमालेका लागि यो निकै ठूलो सफलता हो । पूर्वको चर्चित शहर इटहरीमा जित निकालेपछि एमालेले उपमहानगरमा जितको सङ्ख्या पाँच पुर्याएको छ ।  पहिलो चरणमा हेटौँडा उपमहानगरपालिका जितेको एमालेले दोस्रो चरणमा सात उपमहानगरपालिकामा भएको निर्वाचन मध्ये एक्लैले चार उपमहानगरपालिकामा जित हात पारेको छ । इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएसँगै एमालेले उपमहानगरपालिकामा जितको सङ्ख्या चार पुर्याएको हो । अब धरान उपमहानगरपालिका पनि जितको नजिक पुगेको छ । योसँगै जितको सङ्ख्या पाँच पुग्ने छ ।