एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा एमाले विजयी

दमक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले विजयी भएको छ ।

एमालेका रोमनाथ ओली ३ हजार १ सय ५५ मतअन्तरमा विजयी भएका हुन् । ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत पाए ।

उपमेयरमा पनि एमालेकै गीता अधिकारी निर्वाचित भएकी छन् । उनले १२ हजार ६ सय २५ मत पाइन् भने कांग्रेसकी रेगीना भट्टराईले ८ हजार ९ सय १२ मत ल्याइन् ।

नवनिर्वाचित मेयर ओली २०५४ सालमा पनि दमक नगरपालिकामा मेयर निर्वाचित भएका थिए ।