धरान उपमहानगरमा एमालेको सानदार विजय, सवै परिणाम सार्वजनिक,एमाले १५१ स्थान जिती बन्यो पहिलो पार्टी

maitrinews

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । यससँगै दोसो चरणको चुनावको सबै परिणाम सार्वजनिक भएको छ । एमालेले ५ उपमहानगरसहित १५१ स्थानीय तह जितेको छ । एमाले मुलुकको पहिलो पार्टी बनेको छ ।
मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् ।
मेयरमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका छन् ।
उपमेयरमा एमालेकी मन्जु भण्डारी सुवेदीले २१ हजार २५६ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् । उपमेयरमा संघीय समाजवादी फोरम नेपालका पारस राईको पक्षमा ५ हजार १८१ मत परेको छ ।
तारा सुब्बाको टिमको बिजयसँगै धरानमा एमालेले हृयाट्रिक गरेको छ । यसअघि २०४९ मा एमालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए ।
उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ ।

एमाले वडा न। ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं। १७ जितेको छ ।