एमालेद्वारा संविधान संशोधन प्रस्ताव अस्वीकार,तीन दलको बैठक निष्कर्षविहीन

maitrinews

 

काठमाडौँ । नेकपा एमालेलाई मनाउने सत्ता पक्षको प्रयास विफल भएको छ । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।
बालुवाटारमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताउनुभयो । उहाँले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गर्नुभयो ।
तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताउनुभयो । बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले संशोधनमा सहमति जनाउन नसक्ने उहाँले स्पष्ट गर्नुभयो ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प अघि सार्नुभयो । पहिलो विकल्प दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ । दोस्रो विकल्प अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परीणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पूरा गर्नुपर्ने प्रस्ताव छ ।
तर, शीर्ष नेताहरुको बैठकमा कुनै सहमति हुन सकेन ।