संविधान संशोधन गराउने सरकारको प्रयास फेरि पनि विफल हुने

maitrinews

 

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ । सरकारले संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमाले र राप्रपा नेताहरुबीच छलफल भएको हो ।
एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा संविधान संशोधनबारे छलफल भएको छ ।
एमालेले संशोधन प्रस्तावको विरोध गर्दै आएको छ । मंगलबार मात्र तीन दलको बैठकमा पनि एमालेले सबै चुनावपछि मात्र संशोधनबारे छलफल गर्न सकिने बताएको थियो ।
छलफल राप्रपा पनि एमालेको अडानमा सहमत देखिएको छ । सरकारले भने संशोधनमा सहयोग गर्न राप्रपालाई विभिन्न प्रलोभन देखाएको छ । तर, राप्रपाभित्र पनि संशोधनका विपक्षमा उभिनेको संख्या बलियो भएपछि कुनै संशोधन प्रस्तावबारे निर्णय गरेको छैन । एमाले र राप्रपा विपक्षमा भएपछि संविधन संशोधन प्रस्ताव पारित गराउने प्रयास फेरि पनि विफल हुने निश्चित भएको छ ।