चेम्वरद्वारा मौद्रिक नीतिको स्वागत

maitrinews

काठाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको मौद्रिक नीतिलाई विगतकै मौद्रिक नीतिको निरन्तरताको रुपमा लिएको छ । यद्यपि गत वर्षको मौद्रिक नीति जारी हुँंदाको आर्थिक परिस्थिति र हालको आर्थिक स्थितिमा निकै फरक भएतापनि हालको मौद्रिक नीति यथास्थितिमा जारी भएको नेपाल चेम्वर अफ कमर्सले महशुश गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यमान परिस्थितिमा वैंकहरुको व्याजदर उच्च रहनुका साथै लगानीयोग्य तरलताको अभाब भएको र बैंक तथा वितीय संस्थाहरुबाट व्यवसायीहरुले चाहे अनुरुपको कर्जा सुविधा पाउन नसकिरहेको उसले जनाएको छ । चेम्वरले मौद्रिक नीति जारी गर्नु भन्दा अगावै विस्तारित मौद्रिक नीतिको सुझाब प्रस्तुत गरेको थियो तर हालै जारी भएको मौद्रिक नीतिले निजी क्षेत्रको सुझाब समेट्न नसकेको जनाएको छ । राज्यले परिलक्षित गरेको ७.२ को आर्थिक बृद्धि दर हासिल गर्न हाल जारी गरेको मौद्रिक नीति प्रभावकारी हुन नसक्ने उसको ठहर छ । उच्च व्याजदर भएकाले लगानीको प्रबाह नवढने र लगानीको वातावरण नवन्दा, आर्थिक बृद्धिदर उच्च हुन सक्दैन । वितीय व्यवस्थापनको सुधार गर्न अन्य श्रोतबाट कोषको व्यवस्था गर्ने प्रयास गरिएको भए पनि पर्याप्त नभएको उसले जनाएको छ ।